राजधानीका दर्जन बढी स्थानमा विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द गरेको छ । सडक विस्तारका लागि प्राधिकरणले राजधानीका विभिन्न क्षेत्रमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द गरेको हो ।

प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भर्इरहका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

त्यस्तै, बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

यसैगरी, बालाजु — धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुने छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस