‘गैरन्यायिक नियन्त्रणमा’ डा. केसी

काठमाडौं । स्वास्थ्य सेवा र शिक्षामा सुधारका लागि विभिन्न माग राखी १५ औं अनशन सुरु गरेका डा. गोविन्द केसीलाई प्रहरीले तीन दिनदेखि ‘गैरन्यायिक नियन्त्रणमा’ राखेको खुलेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदै गर्दा शनिबार पक्राउ गरिएका उनलाई प्रहरीले सोमबारसम्म पक्राउ पुर्जी दिएको छैन ।

हिरासतमै अनशन सुुरु गरेका केसीलाई प्रहरीले जुम्लाको कभर्ड हलमा ल्याएर छाडेको बताए पनि कसैलाई जिम्मा नलगाएको उनका सहयोगी किशोर केसीले जानकारी दिए । प्रहरीको अघोषित नियन्त्रणमा रहेका उनको स्वास्थ्य अवस्था बिग्रँदै गर्दासमेत प्रशासनले अस्पताल लैजान दिएको छैन ।

जुम्लाका डीएसपी डा. पदमकुमार दाहालले डा. केसीलाई केही समय मात्रै नियन्त्रणमा लिइएको बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस