जीवनमा कहिल्यै हार नमानेका स्टेफन हकिन्स

सन १९४२ मा बेलायतको अक्सफोर्डमा जन्मिएका स्टेफन हकिन्स पढाइमा अब्बल थिए । उनका बुबा फ्र्याङ्क हकिन्स पनि जीवविज्ञानका अन्वेषक थिए भने आमा इसोबेलले अर्थशास्त्र पढेकी थिइन ।

हकिन्सको बाल्यकालको रुचि बोर्ड गेममा थियो । हकिन्स र उनका केही मिल््ने साथीहरूले मिलेर नयाँ गेमको सिर्जना गरेका थिए । किशोरावस्थामै उनले अवधाराणात्मक गणितीय समीकरणका लागि साथीभाईसँग मिलेर थोत्रा पार्टबाट कम्प्युटरसमेत बनाएका थिए ।


१७ वर्षको हुँदा हकिन्स अक्सफोर्ड विश्वविद्यालयको युनिभर्सिटी कलेजमा भर्ना भए । उनको विशेष रुचि गणितमा थियो । विश्वविद्यालयले सो विषयमा डिग्री नदिने भएपछि भौतिक शास्त्र विशेषगरी खगोल विज्ञान पढ्न थालेका थिए ।

स्टेफन हकिन्स बेलायती भौतिक शास्त्री हुन । विज्ञानमा योगदान दिने अल्बर्ट आइन्स्टाईनपछिका ठूला वैज्ञानिक मानिन्छन् हकिन्स ।

अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयका भौतिक शास्त्री हकिन्सलाई ब्रह्माण्डको उत्पत्ति र संरचना विषयक अध्ययन गरेका हकिन्सलाई सधैं सबैले चिन्छन् । बिग ब्याङ थ्योरी, ब्ल्याक होल्स र सापेक्षता हकिङका चर्चित सिद्धान्तहरु हुन ।

भौतिक शास्त्र, ब्रह्माण्ड र खगोल शास्त्रबारे लेखेका पुस्तकहरूले ब्रह्माण्ड र विज्ञानबारे बुझ्न एवं धारणा बनाउन आम मानिसलाई मद्दत गरेको छ ।

ब्रम्हाण्ड बिज्ञानका ज्ञाता हकिन्स अक्सफोर्डमा पढाईको अन्तिम बर्ष भयंकर बिरामी हुन पुगे । शारीरिकरुपले असक्त हकिन्स जीवनमा कहिल्यै हार मानेन । बोल्न, हिंड्न समेत नसक्ने लाई २१ बर्षको उमेरमा डाक्टरहरुले केवल दुई बर्षमात्र बाँच्न सक्ने बताए । करीब करीब जिउँदो लासको जिन्दगी बिताउँदै गरेका हकिन्स आफ्नो शारीरिक अपाङ्गतालाई बेवास्ता गर्दै दिमागी सक्रियता साथ जिबित रहँदै थिए ।

आफ्नो बिरामी जीबनबाट बिरक्तिएका हकिङ एकसमय यस्तो सोच्थे कि अब जीबन कुनै काम गर्न लायक रहेन । दृढ बिश्वासी हकिङ आफ्नो रोगलाई बरदान मान्दै कम्प्युटर मेसिनबाट आफ्नो जीबनलाई जिवन्त बनाउँदै अघि बढे तर रोकिएनन् । उनी भन्थे, वास्तबमा म चल्न सक्दिन साथै कम्प्युटर बिना कुरा गर्नपनि सक्दिन तर म आफ्नो दिमागबाट स्वतन्त्र छु ।’
आफ्नो अशक्त र अपांग शरिर लिएर यात्रा गरी रहने हकिन्स सार्बजनिक कार्यक्रममा निरन्तर भाग लिन रुचाउँथे । अन्तरिक्ष बिज्ञानको क्षेत्रमा अमुल्य योगदान दिएका हकिन्स अन्तरिक्षमा जान चाहन्थे ।

विद्यावारिधी गरेर हकिन्सले क्याम्ब्रिजमा अनुसन्धान फेलोको रूपमा काम थालेपछि उनी प्रोफेशनल फेलो पनि बने । सन् १९७४ मा उनी रोयल सोसाइटी विश्वभरका वैज्ञानिकहरूको सभामा सामेल भए ।

अनि त्यसको ५ वर्षपछि उनी क्याम्ब्रिजमा गणितका ‘लुकासियन प्रोफेशर’ नियुक्त भए । यस क्रममा उनले ब्रह्माण्डसम्बन्धी आधारभूत नियमहरू पढे । अनि, जसरी ब्रह्माण्ड बिग ब्याङका साथ शुरू भयो, त्यसरी नै अन्त्य हुन्छ भन्ने प्रस्ताव पनि गरे । फेलो ब्रह्माण्डशास्त्री रोजर पेनरोजसँग मिलेर हकिङले अल्बर्ट आइन्सटाईनको ‘सामान्य सापेक्षताको सिद्धान्तबारे नयाँ प्रयोग गरे ।

यसपछि उनले ब्ल्याक होलबारे अनुसन्धान गरे । यही क्रममा उनले अन्तरिक्ष र समय ब्रह्माण्डको जन्मसँगै शुरू भएको र ब्ल्याक होल अन्तमा बिलीन हुने निष्कर्ष निकाले ।

यसको अर्थ आइन्सटाइनको सापेक्षता सिद्धान्त र क्वाण्टम सिद्धान्त जोडिनैपर्छ भन्ने थियो । सापेक्षताको सिद्धान्तले गुरुत्वाकर्षण र ब्रह्माण्डमा हुने ठूला घटनाचक्रको व्याख्या गर्छ ।

क्वाण्टम सिद्धान्तले चाहिँ उपपरमाणुले कसरी काम गर्छ भन्ने व्याख्या गर्छ । ब्रह्माण्डको व्याख्यामा यी दुवै सिद्धान्तलाई जोड्ने उनी पहिलो वैज्ञानिक हुन । यस क्रममा हकिन्सले ब्ल्याक होल पूर्णतः शान्त हुँदैन, बरू यसले विकिरण प्रवाह गर्छ भन्ने पत्ता लगाए । हकिन्सकै नाममा यस विकीरणको नाम पनि ‘ हकिन्स रे’ राखियो ।

बिग ब्याङपछि प्रोटोनभन्दा सूक्ष्म ब्ल्याक होल सिर्जना भयो भन्ने प्रक्षेपण पनि उनले गरे । तर सन २०१४ मा भने उनले यो सिद्धान्तको संशोधन गरे । स्वीडेनमा आयोजित एक सम्मेलनमा उनले पहिले दिँदै आएको अभिव्यक्तिलाई उल्ट्याएर यसअघि खगोलशास्त्रीहरूले परम्परागत ढङ्गले सोच्ने गरेजस्तो ब्ल्याक होल नै नभएको बताए ।

उनले ‘इभेण्ट होरिजन’को अस्तित्व हटाए र ‘अपारेण्ट होरिजन’ प्रस्ताव गरे । ब्ल्याक होलमा सबै चिज विलय नहुने बरू ब्ल्याक होल विष्फोट हुँदा पहिला यसभित्र छिरेका सबै वस्तुहरू बाहिर आउँछन भन्ने अभिव्यक्ति दिए ।

यद्यपि उनको यो सिद्धान्त अझै पनि विवादास्पद नै छ । उनले पृथ्वीको सीमा नभएजस्तै गरी ब्रह्माण्डको सीमा नभएको बताए । हाम्रो ग्रह निश्चित भए पनि ब्रह्माण्डमार्फत यसको वरिपरि अनन्तरूपले यात्रा गर्न सकिने र अन्त्य भन्ने शब्द नै नभएको बताए ।
हकिन्सले आफ्नो जीवनकालमा कैयौं पुस्तक लेखेका छन् । यीमध्ये केही नाम चलेका पुस्तकहरु यस्ता छन् ।

’ए ब्रिफ हिष्ट्री अफ टाइम’ —यस पुस्तकका विभिन्न संस्करणसमेत सार्वजनिक भएका छन् । २० वर्षमा १ करोडभन्दा धेरै प्रति बिक्री भएको यो किताब उनको सर्वाधिक विक्री भएको किताब हो । यो किताब ४० भन्दा बढी भाषामा अनुवाद भएको छ ।
युनिभर्स इन नटशेल
ब्रिफर हिष्ट्री अफ टाइम
हकिन्सले भनेका छन् ः
परमाणु युद्ध, जेनेटिकल्ली तयार पारिएका भाइरस, विश्वव्यापी तापक्रम वृद्धि र मानिसले अहिलेसम्म सोच्दै नसोचेका अन्य खतराका कारण पृथ्वीमा मानव जीवन खतरामा रहेको बताएका छन् । जसले गर्दा सारा पृथ्वी नै विनाशको क्रममा रहेको, यस्तो खतरा बढेर मानव जाति लोप हुनुअगाडि नै अन्य ग्रहमा बस्ती बसाल्नुपर्ने धारणा राखेका थिए ।

मानवको भविष्यका लागि अन्तरिक्षमा उपनिवेश शुरू गर्नुपर्छ भन्ने धारणा हकिन्सले दिएका थिए । ब्रह्माण्डको विशालतालाई दृष्टिगत गर्दा एलियनहरूको अस्तित्वको सम्भावना रहेपनि तिनीहरूसँग सम्पर्क गर्ने प्रयास भने गर्नु हुँदैन । ‘एलियनहरू पृथ्वीमा आए भने यसको नतिजा कोलम्बस अमेरिकामा आएजस्तै हुन्छ,’ यो पृथ्वीवासीका लागि राम्रो नहुने भन्दै सन् २०१० मा उनले भनेका थिए । त्यसैगरी, मानिसको भविष्य निर्धारणमा कृत्रिम बौद्धिकता (एआई) पनि निकै महत्त्वपूर्ण रहेको उनले बताएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय

सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाैँ सर्जकहरू ताराझैँ उदाउँछन् र कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलीन भएझैँ विलीन हुन्छन् त कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त ।

प्रतिकृया दिनुहॊस