आफ्नो शिर अरुको सामू नझुक्ने गरी पहिचान छोडेर जानुहोस्

रवीना देशराज श्रेष्ठ, नायब महाप्रबन्धक, मेगा बैंक नेपाल
‘जीवनमा हामीले आफ्नो इच्छा, चाहना, क्षमता थाहा नपाइकनै मरेर जान्छौं । आफ्नो शिर अरुको सामू नझुक्ने गरी आफ्नो पहिचान छोडेर जानुहोस् ।’ यो भनाई हो, बैंकिङ क्षेत्रमा चर्चित नाम रविना देशराज श्रेष्ठको । उनको परिचय बैंकिङ क्षेत्रमा मात्रै सीमित नभएर देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा समेत उत्तिकै अगाडि छ । हाल उनी मेगा बैंक नेपाल लिमिटेडकी नायब महाप्रबन्धककारुपमा कार्यरत छिन् ।

भारतको वेस्ट वंगालमा रहेको डा.ग्राहम्स् होम्स स्कुलबाट औपचारिक शिक्षा पुरा गरेकी बैंकर रवीना १९८६ देखि १९८७ सम्म मोर्डन इन्डियन स्कूल, १९८७ देखि १९९० सम्म शिक्षायतन कलेज कलकत्ता विश्वविद्यालयमा अध्ययन गरिन् । अध्ययनकै क्रममा उनी समाजसेवातिर पनि आकर्षित भइन् । समाजसेवीको समेत परिचय बनाएकी रवीना देशराज श्रेष्ठ समाज बदल्न छोरीलाई होईन छोरालाई संस्कार सिकाउन आवश्यक रहेको धारणा राख्छिन् । अबका महिलाहरु हरेक क्षेत्रमा शक्तिशालीरुपमा अगाडि आएको र समाज परिवर्तनमा उनीहरु प्रमुख भुमिकामा रहेको वताउने रवीना देशराज श्रेष्ठसँग सफलता, संघर्ष लगायतका विषयबस्तुमा केन्द्रित भएर सम्पादक कल्पना शर्माले गरेको कुराकानी 

तपाई सफल व्यक्ति हुनुहुन्छ, आँखिर सफल हुन के चाहिने रहेछ ?
मानिस समय सँगसँगै चल्न जान्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरो भनेको जीवनलाई पनि व्यवस्थापकीय हिसावले चलाउन जान्नुपर्छ । मलाई फुर्सदको समयमा घुम्न मन लाग्छ । समय मिलेसम्म वैदेशिक यात्रा पनि गर्न मन पराउँछु । मेरा लागि म पर्याप्त समय निकाल्छु । सँगसँगै आफ्नो जिम्मेवारी र कर्तव्यलाई कहिल्यै पनि भुल्दिन । म ‘फ्रि थिङ्कर, स्पिरिचुअल मेटेरियालिस्ट, कोच, हिलर पनि हो । बैँकर भएको त अढाई दशकभन्दा पनि बढी भईसक्यो । सफलता प्राप्त गर्नका लागि सबैभन्दा पहिला आफुलाई चिन्न सक्नुपर्छ । म को हुँ ? म के गर्न चाहान्छु ? मेरो क्षमता के हो ? मेरो उद्देश्य के हो ? जस्ता प्रश्नको उत्तर आफैसँग खोज्नुपर्छ । प्रत्येक मान्छेको हातमा दिनको २४ घन्टा नै हुन्छ । यदि हामीले समयको सही ढंगले सदुपयोग गर्न जान्यौं भने अवश्य खुसी हुन्छौं । खुसी भएर गरेको कामबाट मात्रै सफलता मिल्छ । जसले समयको सही सदुपयोग र व्यवस्थापन गर्न सक्छ त्यो व्यक्ति नै सफल हुन्छ । सबैभन्दा पहिले प्रत्येक मानिसमा साहश चाहिन्छ । अँझ धेरै साहश महिलामा चाहिन्छ एक्लै उभिएर देखाउछु भन्ने, दोस्रो सहनशिलता र तेस्रो आर्थिक स्वतन्त्रता पनि नभै हुँदैन ।

महिलाहरु डोमिनेटेड छन्, जो अगाडि वढेका छन्, ती महिला पनि बडो दुख र संघर्षकै पर्यायकारुपमा छन् भनिन्छ, तपाई के भन्नुहुन्छ ?

हामीकहाँ महिला डोमिनेटेड छन् । यो हामी सबैलाई थाहा भएकै कुरो हो । हाम्रो समाजमा महिला अघि बढ्न खोज्दा अनेकन चुनौतीको सामना पनि गर्नुपर्छ । तर आफूमा भएको क्षमतालाई लुकाएर राख्नु हुदैन । महिला शिक्षित होस् वा अशिक्षित, आफ्नो क्षमतालाई बाहिर ल्याउनुपर्छ । समाजले के भन्ला ? भनेर सोच्ने हो भने कुनैपनि क्षेत्रमा अगाडि बढ्न सकिदैन । एकदिन अवश्य पनि सफल भइन्छ भन्ने सोचका साथ आफ्नो क्षेत्रमा काम गर्दै जाने हो भने सफलता हाम्रो हातमै छ । राजनीति, सिनेमा, मिडिया, बैंकिङ, व्यबसाय, होटल म्यानेजमेन्ट, समाजसेवादेखि हरेक क्षेत्रमा महिलाहरुले आफ्नो क्षमतालाई प्रदर्शन गरिरहेका छन् । गर्न सक्छन् भन्ने प्रशस्तै उदाहरण हामी सामू छन ।
सफलता यत्तिकै प्राप्त हुँदैन । त्यसमाथी हाम्रो समाजनै महिलामैत्री छैन । समाजमा केहि गर्छु भन्ने महिलामाथी औंला उठ्छ । अगाडि बढेका र बढ्न चाहने दुबैले दुख र संघर्ष गरेका छन् र गर्न हिचकिचाउनु पनि हुँदैन । समाज परिवर्तन गर्नका लागि सोच बदलिनु आवश्यक छ । त्यसमा महत्वपूर्ण भूमिकामा महिला हुने भएकाले दुख र संघर्ष गर्न पछि हट्नु हुँदैन । अबका महिला डोमिनेटेड होईन सक्षम छन् भनेर देखाउनुपर्छ ।

हालसम्म कुनकुन अवार्डहरु पाउनुभएको छ ?
सम्मानित अवार्डहरुमा ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ पाएको छु । एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । अर्को महत्वपूर्ण अवार्डमा अमेरिकाको एक विश्वविद्यालयबाट ‘क्वालिफाइड हिलर’ को प्रमाणपत्र पाएको छु । त्यस्तै सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ पाएँ । कोरियामा अन्तराष्ट्र्रिय अवार्डबाट सम्मानित भएको छु ।

करिब २७ वर्ष अगाडि तत्कालीन ग्रीनलेज बैक हाल (स्टाण्र्डड चार्टड बैंक) मा साधारण कर्मचारीकारुपमा प्रवेश गर्दा र यहाँसम्म आइपुग्दाको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
जतिबेला म साधारण कर्मचारीकारुपमा तत्कालीन ग्रीनलेज बैक हाल (स्टाण्र्डड चार्टड बैंक) मा प्रवेश गरें, त्यतिबेला नै मेरो लक्ष्य स्पष्ट थियो । म भविष्यमा कहाँसम्म पुग्छु ? कति समयमा पुग्छु ? मैले के के गर्न सक्छु ? आदि ईत्यादि । जब मान्छेलाई कहाँ जादैछु भन्ने स्पष्ट हुन्छ अनि त्यो व्यक्ति छिट्टै आफ्नो लक्ष्यमा पुग्छ । मैले जहाँ जहाँ काम गर्ने अवसर पाएँ, बडो ईमान्दारीपूर्वक आफ्नो क्षमतालाई प्रदर्शन गरेको छु । बैंकिङ करियर सुरु गर्दादेखि हालसम्म मेरो लक्ष्य अनुसारनै अघि बढ्दै आएको छु । भोली कहाँसम्म पुग्ने भन्नेपनि स्पष्ट नै छ ।

लक्ष्य स्पष्ट छ भन्नुभयो, तपाई मेगा बैंकको नायब महाप्रवन्धक भएको पनि केही समय भईसकेको छ, सिइओको जिम्मेवारी बैंकले नदिएको हो वा के होे ?
मलाई अहिले नैै सिइओ बन्न कुनै हतार छैन । मैले भने अनुसारनै लक्ष्य स्पष्ट छ । जुन भुमिकामा जिम्मेवारी बहन गर्दैछु त्यसमै खुसी, सुखी र सन्तुष्ट छु । जुन पोजिसनमा काम गर्दैछु, त्यसमै आफ्नो क्षमता प्रदर्शन गरेर भविष्यमा अगाडि बढ्दै जान्छु । बैंकले सिईओको जिम्मेवारी नदिएको होइन । सिईओकोका बारेमा उपयुक्त समय आएपछि सोचौंला ।

रेमिट्यान्स, बैक, इन्स्योरेन्स लगायतका योजनाहरुमा क्षमता प्रदर्शनका हिसाबले तपाई चर्चित बैंकरहरु भन्दा कम हुनुहुन्न नी ?
नेपालमा केहि समय अगाडि उपभोक्ता बैकिङ्ग भनेर सुरु भएको थिएन । जतिबेला उपभोक्ता बैकिङ्ग सुरुवात भयो । त्यो समयमा म त्यो समूहमा थिए । खासमा उपभोक्ता बैकिङ्गको अवधारणा सुरुवात हाम्रो समूहले नै गरेको थियो । यसको सुरुवात भएपछि हामीलाई धेरैले खिसि गरेका थिए । त्यो समयमा पैसावाल मान्छेहरुलाई मात्रै बैंकले ऋण दिने चलन थियो । जब हामीले ग्राहक बैकिङ्ग सुरु गर्यौ, उपभोक्तालाई कर्जा दिन थाल्यौं, इन्स्योरेन्सहरुको योजना अगाडि ल्यायौं, त्यसपछि बैंकिङ क्षेत्रमा नयाँ तरङ्ग आयो । रेमिट्यान्स, बैक, इन्स्योरेन्स योजनाहरुका बारेमा काठमाडौंका गल्ली÷गल्लीमा पसेर उपभोक्तालाई जागृत गराउने काम गरेकाले पनि मेरो नाम धेरैले थाहा पाउनु भएको हो । म आफ्नो क्षमतामाथी विश्वास राखेर अगाडि बढ्ने मान्छे हुँ । आफ्नो कार्यक्षमतामा मलाई गर्व छ ।

मेगा बैक अन्य बैक भन्दा कुन हिसाबले फरक छ ?
मेगा बैंकले पैसा कमाउने मात्र होइन की नयाँ चिज गरेर देखाएको छ । कुनै व्यक्ति विदेश जानुपूर्व कर्जा दिने, स्वदेशमै रहेका उसका परिवारलाई कर्जा दिएर आर्थिकरूपमा सबल बनाउने र विदेशबाट फर्केर आएपछि पनि घरेलु उद्योग धन्दा सञ्चालनका लागि कर्जा दिने जस्ता उदाहरणीय काम बैंकले गर्दै आएको छ । गरीबिलाई न्यूनीकरण गर्न योगदान गरेको छ । मेगा बैक गाउँ गाउँमा पुगेर त्यहाँको बस्ती,बस्तीको विश्वास जितेको छ । हलोदेखि हाइड्रोसम्म लगानी गरेको छ । जसले लगानीकर्ताहरूको भविष्य सुरक्षित बनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस