अनुहार सुन्दर बनाउने घरेलु उपाय

सुन्दरता कसलाई मन पर्दैन र ? सुन्दर बनाउने उदेश्यका साथ आजभोली छ्यापछ्याप्ती व्युटी पार्लरहरु खुलेका छन् । पैसा र समय हुनेहरुका लागि त पार्लर संस्कृति ठीकै हो तर नहुनेहरुका लागि भने पैसा र समयको नाश हो । त्यसैले आजभोली मानिसहरु सुन्दर देखिनका लागि घरमै बसी बसी विभिन्न उपायहरु अपनाउँछन् । यी उपायहरु अपनाएर घरमै सुन्दर बन्न सकिन्छ ।

—दहीमा कागतीको रस मिलाएर अनुहारमा लगाउनाले अनुहार सुन्दर हुन्छ ।

—रायोको तेलमा बेसार तथा बेसन मिलाएर अनुहारमा लगाउनाले चमक आउछ ।

—बेसार र घिउ मिसाएर अनुहारमा लगाउनाले अनुहारमा भएको चायाँ हटेर जान्छ ।

—चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा पुग्छ ।

—काँक्राको रस, ग्लिसरिन तथा एक चम्चा गुलाब जल मिलाएर घामले डढेको छालामा लगाउनाले छाला नरम र गोरो हुँदै जान्छ ।

—तुलसीको पातलाई पिसेर अनुहारमा लगाउनाले अनुहार सफा र राम्रो देखिन्छ ।

—कागती तथा मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

—दुध र ओलिभ तेल मिसाएर अनुहारमा मसाज गर्नाले कालो पोतो र डन्डीफोरको दाग हराएर जान्छ ।

—जाइफल पिसेर अनुहारमा लगाउने गर्दा अनुहार सफा हुन्छ ।

—काँचो आलुको रसले अनुहारमा मसाज गर्दा अनुहारको दाग धब्बा हटेर जान्छ ।

—चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

—टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस