ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा बाग्लुङ्गमा

बाग्लुङ्ग । ग्लोबल आइएमई बैंकले  बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका ५, बिँहुपोखरा तथा सोहि जिल्लाको बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा आफ्नो ५९ औँ र ६० औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा खोलिएको सेवाको  बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक समारोहका बीच उद्घाटन  गरेका छन् ।

उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय उषा रानी शर्मा तथा विँहुपोखरामा खोलिएको सेवाको लागि स्थानिय महेन्द्र पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस