एनआईसी एशिया बैंकको भाइबर बैकिङ्ग सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालनमा ल्याएको छ। उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

भाइबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशन मार्फत एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, कर्जाको आवश्यक कागजपत्र, बैकिङ्ग समय, बिदेशी बिनिमयदर, बैंकको व्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्ने भएका छन् ।

त्यस्तै , एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस