ताम्राकार कम्प्लेक्समा केटिएम मोबाइल खरिदमा ४५ प्रतिशतसम्मको छुट

काठमाडौं। न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको  सबैभन्दा पुरानो मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल नयाँ अवधारण अनुसार सोमबारदेखि संचालनमा आएको छ ।
नयाँ शोरुमको समुद्घाटन  एक कार्यक्रमका बीच  मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गरे । मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ्ग प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए ।

शोरुममा नेपालका लोकप्रिय र चर्चित ब्राण्डका हरेक मोडलका फोनहरु बिक्री बितरण तथा बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।

विगत ६ वर्षदेखि केटिएम ब्राण्डमा संचालित यस मोबाइल शोरुममा नेपालका लोकप्रिय र चर्चित ब्राण्डका कुनैपनि मोडलका फोनहरु उपलब्ध रहेको छ ।

शोरुमको ग्राण्ड ओपनिङ्गको अवसर पारेर कम्पनीले हरेक मोबाइल खरिदमा न्यूनतम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्मको डिस्काउन्ट प्रदान गर्ने जानकारी दिएको छ । शोरुमले आफ्नो उद्घाटको अवसर पारेर माघ १५ गतेसम्मका लागि ग्राण्ड मोबाइल एक्सचेन्ज मेला समेत शुरु गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस