नेपाल कतार व्यवसायी संघको अध्यक्षमा चौलागाइ

कतार । कतारको अलिसान रेष्टुरेण्टमा सम्पन्न नेपाली व्यवसायीहरुको भेलाले नेपाल कतार व्यवसायी संघ कतारको स्थापना गरि अध्यक्षमा महेन्द्र चौलागाइ सर्वसहमतिले चैन गरेको छ ।

यसै गरी, डा. देवकाजि डंगोल संरक्षक रहने गरी उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सि. रहेका छन् भने महासचिव सागर नेपला, सचिव उमेश अधिकारी, सह–सचिव रमेश भट्ट र कोषध्यक्ष चुडामणी कार्की चैन भएको छ ।

सदस्यहरुमा नविन सत्याल, डा. नितेस अर्याल, स्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, बिकाश प्रसाइ, पुर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल चुनिएका छन् ।

नव गठित टोलीले १४ जनवरीका दिन नेपाली राजदूतावासमा राजदूत रमेश प्रशाद कोईराला संग प्रत्यक्ष भेटघाट गरि संघको बारे जानकारी गराएको थियो । उक्त भेटघाटमा राजदूतले नव गठित व्यवसायीहरुलाई बधाई तथा कार्य सफलताको कामना दिएका थिए ।

कतारमा विगत सन २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु एक आपसमा समस्य पर्दा आपसिक सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्ने र नेपालमा कतारि व्यवसायीहरुलाई लगानी गर्नको लागि पहल गर्ने जल्ले  गर्दा नेपालको आर्थिक विकाशमा टेवा पुग्ने विश्वस्तका साथ नेतृत्व लिएको चौलागाइले बताएका छन् ।

कतारमा करिव एक हजार भन्दा वढी नेपाली व्यवसायीहरु रहेका अनुमान गर्न सकिन्छ । करिव चार लाख नेपालीहरु कार्यरत तथा ईन्डियन व्यवसायीहरुको बाहुल्यता रहेको कतारमा नेपाली व्यवसायीहरुको संख्य न्यून रहे पनि तुलनात्मक रुपमा नेपालीहरुको शिर उच्च राख्न सफल भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस