गायक रञ्जित लामाको आउन माया आउ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक रञ्जित लामाको आउन माया आउ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा सक्रिय गायक लामा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा आफ्नो गायन कला देखाइसकेका छन् ।

संगीतको औपचारिक शिक्षा लिएका लामा नेपाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । प्रारम्भ भाग ३ मा संग्रहित यस गीतमा सञ्जिव सिंहको शब्द संगीत रहेको छ भने सुदिप सिंहको एरेन्ज रहेको छ ।

सार्वजनिक भएको म्युजिक भिडियोमा धनजित लामा र प्रिया लिम्बुको अभिनय रहेको छ । रायन काकीको निर्देशन रहेको भिडियोलाई प्रेम लामाले छायांकन गरेका छन् भने प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस