रुस्मिता र सुशान्तले जित नेपाल फेशन आइडल

काठमाडौं ।  रशलाईट मिडियाको आयोजना भएको नेपाल फेशन आइडल २०१७ को उपाधी सुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । उनीहरुले फेशन आइडलको मुख्य उपाधी सहित जनही एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन । शुसान्तले बेस्ट फिजिक्सको उपाधी जितेका छन् ।

राजधानीको तिनकुनको रोयल इभेन्टमा सम्पन्न उक्त प्रतियोगितामा महिला तर्फ टिछिरिङ शेर्पाले फस्ट रनर्सअपका साथमा बेस्ट प्रर्फमेन्स र पुरुष अंकित मानन्धरले फस्ट रनर्सअपका साथमा मोष्ट कन्फिडेन्टको उपाधी जितेका छन् ।

सुप्रिना शाक्यल सेकेण्ड रनर्सअपका साथमा म्यानेजमेन्ट च्वाइसको उपाधी जितेकी छन् । त्यसैगरी पुरुष तर्फ समिप्य श्रेष्ठले सेकेण्ड रनरअफका साथमा बेस्ट स्टाइलिसको उपाधी जितेका छन् ।

प्रतियोगितामा मष्ट ट्यालेन्टको उपाधी रोसेनेन शर्मा, इनि मर्हजन, बेष्ट पर्सनालीटी पारस दाहाल र सन्ध्या दिवाली, बेष्ट वाक पारस दाहाल, म्यानेजमेन्ट च्वाइस निरनराज गिरी र फुर्लमु शेर्पा, फोटोजेनिक सुनिल मर्हजन र इस्वाङ लामा र बेष्ट प्रर्फमेन्सको उपाधी पवन मर्हजनले जितेका छन् ।

कोरियोग्राफर, मोडल तथा गायिका रमिता भण्डारी र प्रज्वल शाक्यको कोरियोग्राफी रहेको थियो भने इभेन्ट म्यानेजर सनिल महर्जन रहेका थिए । सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन स्वयत्ना योञ्जनले गरेकी थिइन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । …

प्रतिकृया दिनुहॊस