हरेक मतदाताको घर घरमा पुगेको छु : सुरजचन्द्र लामिछाने

मुलुक अहिले निर्वाचनमय बनेको छ । प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दिएकाहरु मतदातामाझ मत मागिरहेका छन् । मंसीर १० मा पहिलो चरणको निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनको तयारीमा उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् । जति च’नाव नजिकिदै छ, त्यति उम्मेदवारहरु तीब्र गतिमा प्रचारप्रसारमा लागेका छन् । त्यस्तै लामो समयदेखि राजनीतिमा सक्रिय सुरजचन्द्र लामिछाने काठमाडौं क्षेत्र नम्बर १ (ख ) प्रदेशसभाका उम्मेद्धवार हुन् ।
बि‍‍‌स २०३० माघ ६ गते जन्मेका लामिछाने २०४२ सालदेखि राजनीतिमा संलग्न छन् । बिद्यालय तहदेखि नै नेबिसंघको सदस्यता लिएर राजनीतिमा सक्रिय लामिछानेले २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निभाएका थिए ।
सुरजचन्द्र लामिछानेले काँग्रेस नेतृत्वले नै आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको र आफ्नो जित सुनिश्चित भएको वताएका छन् । सहकारीकर्मी र युवामाझ लोकप्रिय लामिछानेले  आफ्नो उम्मेदवारी र चुनावी एजेण्डाका बारेमा स्पष्ट धारणा राखेका छन् । प्रस्तुत छ, काठमाडौं क्षेत्र नम्बर १ (ख) प्रदेशसभाका उम्मेद्धवार सुरजचन्द्र लामिछानेलेसँग गरिएको छोटो कुराकानी ।

तपाईको उम्मेदवारी किन  ?

नेपाली कांग्रेसको नेतृत्वमा शान्ती र संविधान, काग्रेसकै नेतृत्व सम्वृद्धिको अभियान भन्ने मूल नारालाई वास्तविकरुपमा कार्यान्वयन गर्नका लागी मेरो उम्मेद्धवारी हो । वास्तवमा पार्टीले मेरो जित स’निश्चित भएकोले टिकट दिएको हो ।

काठमाडौं क्षेत्र नम्बर १ (ख) प्रदेशसभाका उम्मेदवार हुनुहुन्छ, तपाईका चुनाव जित्ने आधारहरु के के छन् त ?

वास्तवमा स्थानिय शिक्षित र पार्टीबाट दिक्षित युवा भएकोले पनि मैले चुनाव जित्छु । युवाहरुवीच चिरपरिचित, लामो समयदेखिनै समाजसेवामा सक्रिय र क्षमता पटक पटक प्रदर्शन पनि गरिसकेकोले मेरा जित्ने आधारहरु प्रशस्त छन् । भोटका लागि जाँदा मतदाताहरुबाट तपाईजस्तो युवाले जिते देशको मुहार फेरिने भन्दै आर्शिवाद पाएको छु।

घरदैलो कसरी गर्दै हुनुहुन्छ  ? जनता के भन्छन् ?
प्रत्येक वुथ अन्तर्गतका क्षेत्रमा रहेका हाम्रा पार्टीका साथीहरुको टिम वनाएर परिचालित गरेका छौ । म हरेक मतदाताको घर घरमा पुगेको छु । जनता राजनीतिक स्थिरता र विकास चाहन्छन् । खासगरि जनता धुवाधुलो, प्रदुषण मुक्त वातावरण निर्माण भएको हेर्न चाहन्छन् । जनताकोे अपेक्षा नेपाली काँग्रेस सगँनै वढी छ । किनभने यति लामो ईतिहाँस भएको पार्टीले जनताको ईच्छा र भावनालाई जहिलेपनि शिरोपर गर्दै आएको छ । हाम्रो मलाई अमूल्य भोट दिएर जिताउनुहोस्, म तपाईहरुको चाहाना अनुसारनै विकास, समृद्धिमा अघि बढ्नेछ’ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस