मेगा बैंकमा आकर्षक जागिर खुल्यो ,प्रबन्धकसहित ११३ कर्मचारीको माग

काठमाडौं । मेगा बैंकले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो ।

बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरी १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यस्तै बैंकले २९ जना अधिकृत तहका कर्मचारी र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमश वाणिज्य बैंकमा पाँच वर्ष र तीन वर्ष काम गरेको हुनुपर्नेछ ।

बैंकले १६ नयाँ ठाँउका नयाँ शाखाका लागि पनि  कर्मचारी माग गरेको छ । जसका लागि २२ जना कर्मचारीको माग गरेको छ ।

त्यस्तै गरी नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको  माग गरेको छ । यसका लागि  स्नातक गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ । बैंकले मंसिर १४ गतेसम्म बैंकमा आवेदन  दिन सकिने जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस