गोली लागेका सर्लाहीका व्यापारीले २ किलोमिटर मोटरसाइकल चलाए !

सर्लाही । सर्लाहीका एक व्यापारीमाथि भारतीय भूमिमा गोली प्रहार भएको छ । गोली लागेर मलंगवा ९ घर भएका राकेश चौधरी घाइते भएका छन् । चौधरी कवाड व्यापारी हुन् ।

भारतको सीतामढीबाट मोटरसाइकल चढेर मलंगवातर्फ आइरहेका बेला गएराति करिब ८ बजेतिर चिलरी मोड भन्ने स्थानमा अज्ञात समूहले उनलार्इ गोली हानेको थियो ।

 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले  भने, ‘नेपालभन्दा करिब दुई किलोमिटर पर भारतीय भूमिमा उनलाई गोली लाग्यो । तर पनि उनी मोटरसाइकल चलाएरै नेपाली भूमिमा आए र मलाई गोली लाग्यो अस्पताल लैजाऊ भनेपछि तत्काल अस्पताल पर्‍याइयो ।’

उनले अघि भनेे, ‘अचम्मै भयो । गोली लागेर पनि उनी मोटरसाइकल चलाएरै हिँडे । भाग्य बलियो रहेछ ।’

प्रहरीका अनुसार चौधरीको बायाँतर्फ पेटमा लागेको गोली वारपार भएको छ । सर्लाही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको प्रजिअ कटुवालले बताए ।

चौधरीलाई गोली हान्ने समूह र गोली हान्ने कारण खुलेको छैन । भारतीय प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको प्रजिअ कटुवालले जानकारी दिए ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस