नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

मलेसियामा जारी एसिसी यू-१९ एशियाअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८  विकेटले पराजित गरेको छ ।

 मंगलबार भएको खेलमा ५.३ ओभरमा दुई विकेट गुमाउँदै नेपालले विजय लक्ष्य भेट्ट्याएको थियो। नेपालका लागि दीपेन्द्र ऐरीले १२ रन, अनिल शाहले अविजित १७ रन बनाए।

यसअघि मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण २४ ओभर छोट्याइएको खेलमा मलेसिया १५.३ ओभरमा अलआउट हुँदै ४५ रनमात्र बनाउन सकेको थियो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। दिपेन्द्र ऐरी र सहब आलमले भने समान दुई दुई विकेट लिए।

५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस