व्यवसायी शरद गौचनको हत्यामा संलग्न पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन । प्रहरीले आजै  पत्रकार सम्मेलन गरेर यस बारे सार्वजनिक गर्दैछ  ।

गत असोज २३ माकाठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई गोली  हानेका थिए।

उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको  थियो । गौचनको पेटमा दुईवटा गोली लागेको  थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस