एक उम्मेदवारले सुत्केरीको ज्यान बचाए

जाजरकोट । जाजरकोटमा प्रतिनिधी सभाका उम्मेदवार राजिव विक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् ।राजिवले  उच्च रक्तश्रावबाट पिडित कुशेगाउपालिका ८, रिजापहाडाकी ३० बर्षीय चन्द्रादेवी रोका मगरलाई हेलिकप्टरद्वारा नेपालगंज पठाएका हुन् ।

मगर ९ दिन अघि दुर्गम गाउ रिजापहाडा स्थित घरमै असुरक्षित सुत्केरी भएकी थिन् । १८ घण्टा सम्मको लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुर्याइएको हो ।

चुनावी अभियानको क्रममा रिजापहाडा देखि २५ कोस टाढाको जुनीचा“दे गाउपालिकामा रहेका शाहलाई फोन मार्फत सुत्केरीको उच्च रक्तश्रावबाट ज्यान जान लागेको भन्ने खबर गरेपछि शाहले हेलिकप्टरको ब्यबस्था गरेका थिए ।

समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस