माछापुच्छ्रे बैंकको नाफा बढ्यो

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा माछापुच्छ्रे बैंकले खुदनाफा ४ करोड रुपैयाँ बढाएको छ । चालु आव असोजसम्म बैंकले   २८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २४ करोड ६९ लाख रुपैयाँ गरेको थियो ।

बै‌कका अनुसार समीक्षा अवधिमा बैंकको   खराब कर्जा ०.४९, पुँजीगत लागत ७.१७, कर्जा निक्षेप अनुपात ७९.५३, आधार ब्याज दर १०.४८ र कर्जा निक्षेपबीचको ब्याज अन्तर ३.९० प्रतिशत छ । निक्षेप करिव २ अर्ब रुपैयाँ बढेर ६० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत असारमा निक्षेप ५८ अर्ब ६२ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत असारमा कर्जा लगानी ५१ अर्ब ८६ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा १ अर्ब २२ करोड रुपैयाँ छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस