डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् ।  ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् ।

न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले डीभी चिठ्टा तत्काल खारेज गर्ने निष्कर्षमा पुगेका हुन् ।

डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी  आवास अनुमति दिन्छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस