क्याटलन टोलीसँग रियल पराजित

स्पेनिस लिगको डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले जिरोनाको घरेलु मैदानमा २–१ को हार बेहोरेको छ । क्याटलन समर्थकको बाहुल्यता रहेको मैदानमा रियलले जित दर्ता गर्न नसक्दा शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने मौका गुमायो ।

मिडफिल्डर इस्कोले पहिलो हाफमा सुरुआती अग्रता दिलाए पनि रियलले दोस्रो हाफमा दुई गोल खायो । क्रिस्टियन स्टुआनी र पोर्टुले दोस्रो हाफको चार मिनेट अन्तरमा गोल गर्दै घरेलु टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाए । यो हारसँगै १० खेल समाप्तिमा रियल र बार्सिलोनाबीच ८ अंकको दूरी भएको छ ।

कान्तिपुरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस