केशको हेरचाहमा सम्बेदनशील हुनु जरूरी छ

हामी आफनो  अनुहारको हेरचाहमा धेरै नै संबेदनशील हुन्छौं । अनुहारको जस्तै केशको हेरचाहमा पनि सम्बेदनशील हुनु जरूरी छ । केश सफासुग्घर राम्रो भयो भने यसले सबैको मन छुन सक्छ । जाडो मौसममा गर्मीमा भन्दा धेरै धुलोधुवाँ हुने हुनाले केशलाई असर पुर्याउने काम गरिरहेको हुन्छ । त्यसैले आफनो केशलाई सुन्दर र आकर्षक बनाउन जरूरी हुन्छ ।  केशलाई सुन्दर बनाउन ध्यान दिनु जरुरी छ ।

गर्मी मौसममा केशको स्याहार निम्न तरिकाले गर्न सकिन्छ ।
केश नुहाउनुभन्दा अगाडि तेल मनतातो बनाएर केशको भित्र जरासम्म कपासको सहायताले हातले हल्का मसाज गर्ने । २— ३ मिनेट यत्तिकै      छोडिदिनुपर्छ यसले गर्दा केश नरम र राम्रो हुन्छ ।

समय— समयमा अदुवा, अमलालाई अण्डासँग फिटेर लेप बनाई केशको जराजरामा लगाउनुपर्छ । यसरी लगाउँदा केश सुख्खा हुने,टुक्रने , फूल्ने तथा चायाँ पर्ने समस्याबाट टाढा रहन सकिन्छ ।

केशमा बेलाबेलामा मेहन्दी लगाउनुपर्छ । कसैकसैलाई भने मेहन्दी लगाउँदा टाउको दुख्ने समस्या हुन सक्छ । तर गर्मी समयमा भने टाउको दुख्ने समस्या एकदमै न्यून मात्रै हुन्छ ।

 

सेम्फू कपालमा लगाउने बित्तिकै पखाल्नु हुँदैन । केहिक्षण राखेपछि हल्कासँग दलेर पखाल्नुपर्छ । यसो गर्दा केशमा जम्मा भएका फोहोर र चायाँ जान्छ ।

दैनिक रूपमा भने केश नुहाउनुहुदैन । हप्तामा २ —३ पटक मात्रै नुहाउनुपर्छ । केशमा धेरै कलरको प्रयोग गर्नु हुँदैन । धेरै कलरको प्रयोग गर्नेहरुमा केश सुख्खा हुने र फूल्ने समस्या हुन्छ । त्यसैले धेरै केमिकल भएका कलर भने प्रयोग गर्नुहुँदैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस