सामसुङ ग्यालेक्सी नोट-८ नेपालमा

काठमाडौं । सामसुङले  ग्यालेक्सी नोट-८ लाई   नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ । काठमाडौंमा एक विशेष समारोहका बीच सामसुङ  ग्यलेक्सी नोट-८ सार्वजनिक गरेको थियो ।कम्पनीले नोट -८ सार्वजनिक गरेसँगै प्रि-बुकिङ पनि खुला गरेको छ ।

यस्तो छ सामसुङ  ग्यलेक्सी नोट-८

फिंगर टिप, सुधारिएको सेन्सिभटीजस्ता विशेषता युक्त एसपेन ले प्रयोगकर्तालाई अन्य स्टाइलस स्मार्टफोनको तुलनामा वेग्लै अनुभव प्रदान गर्छ ।

जीआइफ सपोर्ट सुविधाले सन्देश आदान प्रदानमा जिवन्तता प्रदान गर्दछ । अल्वेज अन डिस्प्ले को सुविधाले गर्दा अनलक नगरी फोनमा भएका नोटिफिकेसनहरु हेर्न सकिन्छ र यो ग्यालेक्सी नोट-८ मा यो सुविधालाई अझ सुधारिएको छ ।

यसमामा भएको स्क्रियन अफ मेमोले १०० पानासम्मको मेमो अनलक नगरीकन टिप्न सकिन्छ । यसका अतिरिक्त सुधारिएको एस-पेनले ट्रान्सलेटर र कन्भर्टरको पनि विशेष काम गर्छ ।

यसबाट ७१ वटा भाषाहरु तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिन्छ । र विदेशी मुद्राको विनिमिय दरलाई पनि रुपपान्तरण गर्न सकिन्छ ।

यसमा १२ मेगा पिक्सलका दुई वटा क्यामरा लेन्स यसमा छन् ।

फोटो र भिडियोको लागि अप्टिकल इमेज स्टेलिाइजेशन (ओआईएस) प्रविधि रहेको हुँदा यसबाट वाइड एंगल र टेलिफोटो दुबै खिच्न सकिन्छ ।

यसले फोटोको डेप्थ अफ फिल्डलाई नियन्त्रण गरी कुनै पनि फोटो लिनु अघि र पछि बोकइफेक्ट मिलाउन सकिन्छ ।

ग्यालेक्सी नोट-८ र एसपेन दुबै पानी र धुलो प्रतिरोधक विशेषतायुक्त छन् । चाँडो रिचार्ज हुने वायरलेस चार्जिङले सहज एवम् सुविधाजनक तरिकाबाट चार्ज गर्न सकिन्छ ।

यसमा भएको ६ जिबि र्‍याम तथा १० एनएम प्रासेसर र २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य गर्नको लागि विशेष शक्ति प्रदान गर्दछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस