मकवानपुरकी रुपालाई मिस हेरिटेज २०१७ को ताज

काठमाडौं ।   मिस हेरिटेज २०१७ को ताज मकवानपुरकी रुपा  लामाले  जितेकी छन्  । राजधानीको राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १४ जनालाई पछि पार्दै उक्त उपाधि  हात पारिन् । त्यस्तैगरी बन्दना लामा मोक्तान फस्ट रनरअप भइन् भने सरिता लामा दोङ र संगीता तामाङले सेकेन्ड र थर्ड रनरअपको उपाधि  हात  पारेका छन् ।

अन्य उपाधिमा मञ्जु शाह मिस टयालेन्ट, रुपा लामा बेष्ट प्रसनालिटी, सिरता दोङ लामा बेष्ट वाक, निरमाया घिसिङ बेष्ट स्माइल, सिमरन पण्डित बेष्ट डिसिपिलिन, योशी हाल्यमो बेष्ट हेयर, ज्ञानु तामाङ बेष्ट कन्फिडेन्ट, जमुना बलामी बेष्ट स्किन, सविता सुनार आयोजक च्वाइस, संगीता तामाङ भ्यर्अस च्वाइस, संगीता तामाङ फेसवुक लाइक, रुपा लामा एसएमएस भोटिङ, फ्रेन्डसिप बन्दना मोक्तान र बेष्ट ड्रेस सिमरन तामाङले प्राप्त गरे ।

यूथ क्रिएसनद्वारा आयोजित मिस हेरिटेज क्वीन विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीताको निर्णायकमा पत्रकारद्वय दीपक श्रेष्ठ, कृष्ण भुसाल, अभिनेत्री राधा लम्साल, नायक गजित विष्ट, मोडल राजेन्द्र लुइँटेल र मोडल तथा नायिका रश्मि लामा थिए । मिस हेरिटेज क्वीनको यो पहिलो संस्करण को काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । बिशेष अतिथि चलचित्र विकास बोर्डका सदस्य बरिष्ठ अभिनेता उत्तम केसी लगायत अतिथिहरू रहेक थिए ।

प्राकृतिक, साँस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारी रुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले पहिलो पटक यसबर्षबाट मिस हेरिटेज क्वीन –२०१७ सुरु गरेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस