माछापुच्छ्रे बैंकद्वारा ‘एजुकेसन हब’ सेवा

काठमाडाैँ । माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्देश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो ।

उक्त ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्ने बैंकले जनाएको छ । काठमाडाैँ  स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु प्रदान गरिने बैंकले जनाएको छ । अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् ।

विद्यार्थीहरुले सोही ‘हब’ बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै पिटिई, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएलई, एसीटी, एसीसीए, अष्टे«लियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।यस बाहेक विद्यार्थीहरुले शाखा मार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ्ग बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् ।

यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखा मार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै,  बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस