आबुधाबीमा अलपत्र १ सय ५० नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किए

यूएई । आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित देश फर्काउने प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो ।

अलपत्र डेढ सय नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किएका छन् । कम्पनीले शुक्रबार १४ जना नेपालीलाई नेपाल पठाएको थियो । शुक्रबार नेपाल फर्किनेमा कुलबहादुर ओली, राजेन्द्र कार्की, पूर्णबहादुर मन्धाने, सञ्जयकुमार बिष्ट, रामबहादुर गोले, धिरेन्द्र बहादुर महरा रहेका छन् । त्यस्तै भिमबहादुर सिन्जाली, भोजबहादुर हायु, देवीलाल रम्तेल, श्यामबाबु ठाकुर, भुवनसिङ बिके, सन्तोष गुरुङ, शुकलाल बिके र पूर्णबहादुर भुजेल पनि नेपाल फर्किएका छन् ।

त्यस्तै शनिबार बिहान ७ जनालाई नेपाल फर्काएको हो । शनिबार बिहान नेपाल फर्किएका मध्ये राजाराम अर्याल, सुरज श्रेष्ठ, हरिप्रसाद बजगाईं, सन्तोष गिरी, चिरन्जिवी अछामी, इन्सान थापा, मुकेश नेपाली छन् । यस्तै ७ जनालाई शनिबार साँझ नेपाल फर्काइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस