३५ हजार ५१२ सहकारीमा ३ खर्ब २ अर्ब बचत

काठमाडौं । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो ।

सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताए।

विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान चार प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत रहेको जानकारी दिए। त्रिसठ्ठी लाख शेयर सदस्य रहेको सहकारीमा महिलाको सङ्ख्या ५१ प्रतिशत रहेको महासङ्घले जनाएको छ ।

मिश्रित अर्थव्यवस्था रहेको नेपालको संविधान २०७२ ले सार्वजनिक, निजी सहकारी क्षेत्रको सहभागिताले आर्थिक समृद्धिको परिकल्पना गरेको सन्दर्भमा सहकारीमार्फत उद्यम विकासमा भूमिका खेल्नुपर्ने निष्कर्षका साथ अहिले तीन सय बढी सहकारीकर्मीहरू उद्यम प्रवद्र्धनका लागि काठमाडौँमा भेला भएका छन् ।

भे

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस