कञ्चन डेभलपमेन्ट बैंकको नाफा ६८ प्रतिशतले वृद्धि

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड ( Kanchan Development Bank Limited.) ले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधकिो तुलनामा नाफा ६८ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा २ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

५३ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ९ करोड ९७ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा ४ अर्ब ६४ करोड ८५ लाख रुपैयाँ संकलन गरी कर्जामा ४ अर्ब १२ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३७ दशमलव ०३ प्रतिशतले वृद्धि गरी ११ करोड १० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा भने ६ दशमलव ४५ प्रतिशतले घटेर २ करोड ९९ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा केहि घटेपनि खुद व्याज आम्दानी बढेको हुँदा नाफा पनि बढेको छ । जसले प्रोभिजनमा ४ करोड २९ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा २ करोड ९९ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव १८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १३ दशमलव ५९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १२ दशमलव ७३ गुणा, प्रतिशेयर नेटवर्थ ११८ दशमलव ७७ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ४३ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस