प्रभु बैंकले फागुुन १९ मा बोलायो एजीएम : ८% बोनस, सेयर संरचना परिवर्तन गरिने

काठमाडौं ।  प्रभु बैंकको सत्रौ वार्षिक साधारण सभा फागुन १९ गते हुने भएको छ । सभामा बैंकले ८% बोनस पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट ८% बोनस दिन लागेको हो । प्रभुले बोनसमा ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ खर्च गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि रहनेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे सुरु हुनेछ ।
सभामा सेयरधनीको स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५% र सर्वसाधारण सेयरधनीको ४५% बनाउने एजेन्डा पनि राखिनेछ । हाल यो बैंकमा संस्थापक सेयरधनीको ६१.३१% र सर्वसाधारण सेयरधनीको ३८.६९% स्वामित्व रहेको छ ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि लगिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले फागुन ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । फागुन ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र बोनस पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ छ । ८% बोनसपछि पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा रहेको प्रभुको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस