मस्तिष्क पक्षाघातका लक्षण यस्ता…

काठमाडाैँ । मस्तिष्क पक्षाघात ज्यानै लिन सक्ने रोग हो ।  यसर्थ, जोसुकैलाई मस्तिष्कघात हुन सक्छ । तर, यस्तो समस्या हुनुभन्दा केही दिनअघि शरीरले केही संकेत दिने गर्छ । यस्ता लक्षणको समयमै पहिचान गरी उपचार गर्नतर्फ लागे सम्भावित खतराबाट बच्न सकिन्छ ।

-बोल्ने र सम्झने क्षमतामा बिस्तारै समस्या देखिन थाल्छ ।

-आवाजमा समस्या देखिन्छ । बोल्न खोज्दा बोली नै लरखराउन थालेमा त्यसलाई मस्तिष्क पक्षाघातको संकेतका रूपमा बुझ्न सकिन्छ ।

-अनुहार, हात र खुट्टामा कमजोरी देखिन थाल्छ ।

-मस्तिष्क पक्षाघात हुँदै छ भने हेर्दा (एउटा वा दुवै आँखाले) निकै पीडा महसुस हुन्छ ।

-अकस्मात् साह्रो गरी टाउको दुख्ने गर्छ । यसका साथै बान्ता, बेहोस हुने, चक्कर आउनेलगायतका समस्या देखिन्छ ।

-चहलपहल गर्दा खुट्टा दुख्ने गर्छ । अलिकति मात्र हिँड्दा पनि खुट्टा लरखरिन थाल्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस