लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार कित्ता सेयर पाँचौं पटक लिलामी खुला

काठमाडौं । लुम्बिनी विकास बैंकको आइतबार (माघ २७ गते) देखि १ लाख ९७ हजार ५९६.४४ कित्ता संस्थापक सेयर लिलामी खुला भएको छ । बैंकले यसअघि ४ पटकसम्म बिक्री खुला गर्दा पनि सबै कित्ता नबिकेपछि फेरि पाँचौ पटक लिलामीमा ल्याएको हो । यसमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।
यो लिलामीमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले गत वर्षको माघमा २० लाख ८ हजार ८७८.४७ कित्ता (१०%) हकप्रद सेयर निष्कासन गरेको थियो । त्यतिबेला बिक्री नभएको बाँकी सेयर झन्डै १ वर्ष हुँदा पनि लिलामी प्रक्रियाबाट बेचेर सकिएको छैन ।
लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन् । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ५२ लाख ७२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २३ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक …

प्रतिकृया दिनुहॊस