मड्रिड डर्बीमा रियल मड्रिडको शान, बेलले पूरा गरे गोलको शतक

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले अर्को मड्रिड क्लब एथ्लेटिको मड्रिडलाई ३–१ ले हराएको हो ।

१० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडलाई हराउने क्रममा रियलका लागि कासेमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले गोल गरे । एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्रिजम्यानले एक गोल फर्काए ।

१६ औँ मिनेटमा कासेमिरोको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो । २५ औँ मिनेटमा ग्रिजम्यानले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए । ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो ।

७४ औँ मिनेटमा बेलले गोल गरे र रियल मड्रिडलाई ३–१ को अग्रता दिलाए । बेलले रियल मड्रिडबाट गरेको यो उनको १०० औँ गोल हो अर्थात हुने रियल मड्रिडबाट गोलमा शतक पूरा गरेका छन् । बेलले रियल मड्रिडबाट २१७ खेलमा १०० गोल गरेका हुन् ।

बेलले गोल गरेको ६ मिनेटपछि अर्थात ८० औँ मिनेटमा एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भयो । एथ्लेटिकोका थोमस पार्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

जितसँगै रियल मड्रिड एथ्लेटिकोलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । उसको २३ खेलबाट ४५ अंक भएको छ । तेस्रो स्थानमा झरेको एथ्लेटिकोको ४४ अंक छ । रियल मड्रिड एक खेल कम खेलेको शीर्षस्थानको बार्सिलोना भन्दा पाँच अंकले पछि छ ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएका खेलमा गेटाफेले सेल्टा डी भिगोलाई ३–१, स्पानियोलले रायो भालेकानोलाई २–१ तथा हुएस्काले जिरोनालाई २–० ले हरायो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस