म्यानचेस्टर युनाइटेडको उत्कृष्ट यात्रा कायम, पुग्यो शीर्ष चारमा

काठमाडाैँ । लगातार उत्कृष्ट प्रदर्शनको क्रम म्यानचेस्टर युनाइटेडले जारी राखेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले रेलिगेशनबाट जोगिने सम्भावनाको खोजीमा रहेको फुलह्याममाथि सहज जित निकालेको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३–० ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा पउल पोग्बाले दुई गोल गरे भने एन्थोनी मार्सलले एक गोल गरे ।

१४ औँ मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । मार्सलले २३ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा युनाइटेडले २–० को अग्रता लियो ।

यस्तै ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गरे । म्यानचेस्टर युनाइटेडले ३–० को जित निकाल्यो ।

जोसे मोरिन्हो बर्खास्त भएपछिका खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छैन । अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरको प्रशिक्षणमा युनाइटेडले ११ औँ खेलमा १० औँ जित निकालेको हो ।

जितपछि शीर्ष चारमा उक्लिएको म्यानचेस्टर युनाइटेडको २६ खेलबाट ५१ अंक भएको छ । युनाइटेड तेस्रो स्थानको टोटनह्याम भन्दा ६ अंकले पछि छ भने पाँचौँ स्थानमा झरेको चेल्सी भन्दा एक अंकले अघि रहेको छ । टोटनह्याम र चेल्सीले एक एक खेल कम खेलेका छन् ।

युनाइटेडसँग पराजित भएको फुलह्याम पुछारबाट दोस्रो स्थानमा छ र उसको १७ अंक मात्रै छ ।

शनिबार राति नै भएका अरु खेलमा आर्सनलले हडर्ल्सफिल्ड टाउनलाई २–१ ले हरायो भने क्रिष्टल प्यालेस र वेष्ट ह्यामले १–१ को बराबरी खेलेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उत्कृष्ट प्रदर्शनमा हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । …

प्रतिकृया दिनुहॊस