अराजकता विरुद्धको नेवि संघ आन्दोलन

विवेक लामा घिसिङ
जब जब मुलुक संकटमा पर्छ, देशमा हत्या, हिंसा, बलात्कार, महंगी लगायत भ्रष्टचार मौलाउन्छ । अनि नेपाल विधार्थी आन्दोलन गर्न तयार हुन्छ र नेपालीलाई न्याय दिलाउन्छ । उसले न्याय सडकबाटनै दिलाउन्छ । नेपालमा परिवर्तन भएका विभिन्न राजनीतिक, आर्थिक, समाजिक घटनाक्रम नेवि संघले नेतृत्व लिएको आन्दोलनको उपज हो । आज पनि नेवि सडकमा वर्तमान कम्यूष्टको दुई तिहाई सरकारले गरेका गलत कामको खबरदारी गर्दै आन्दोलनामा होमिएको छ । वि.सं. २००४ सालदेखी माओपार्टी नेपाली काँग्रेससँग सँगै र वि.सं. २०२६ साल नेवि संघको विविधरुपमा स्थापनासँगै विभिन्न शैक्षिक तथा राजनीतिक मुद्दा लिएर आन्दोलित हुदै आएको छ । जनआन्दोलन भाग एक २०४६÷०४७ र भाग दुई २०६२÷०६३ सबैमा जिम्मेवारी भूमिका नेवि संघले नै अग्रणी भुमिका निर्वाहा ग¥यो र देशमा गणतन्त्र स्थापना गर्न सफल भयो ।

देशलाई संघिय लोकतान्त्रीक गणतन्त्रतात्मक देशको रुपमा परिभाषित गरायो । यी सबै उपलव्धी नेवि संघ कै अगुवाईमा भएको हो । आज पनि मुलुकमा भष्टाचार, वेथिति, शुसाशन लगायत हत्या हिंसा बलात्कारले प्रसय पाएको छ नेपाली जनता माथि भएको यस्तो किसिमको अन्यायलाई रोक्न र बर्तमान कम्यूनिष्टको दुई तिहाई सरकारको दम्भ तोड्न नेवि संघ सडक सघर्ष गरिरहेको छ । केपी ओली नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको दम्भमा संवैधानिक तथा कानुनी व्यवस्था उपेक्षा गर्दै अधिनायकवादी आकांक्षा पूरा गर्न अघि बढी रहेको छ ।

५० अर्बमाथिका आयोजनालाई बिनाप्रतिस्पर्धा प्रधानमन्त्री नेतृत्वमा निर्णय गर्ने कानुनी प्रबन्ध गर्ने पहल, बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा सम्पन्न गर्ने तत्कालीन देउवा सरकारको निर्णय उल्टाएर बिनाप्रतिस्पर्धा अपारदर्शी ढंगबाट विवादास्पद गेजुवा कम्पनीलाई दिने निर्णय, वाइड बडी एयर बस खरिदमा भएको घोटाला, वाइडवडी प्रकरण, ‘चिनी काण्ड, सुन काण्ड, कालो बजारी, बढो महँगी, उच्च ब्याजदर, दोहोरो–तेहोरो कर, बढो गैरकानुनी क्रियाकलाप र असुरक्षाका कारण देशमा लगानीको वातावरण खस्किएको अवस्थामा रहेको छ यो वर्तमान सरकारका कार्यहरु हुन्छ । जुन नेपाल र नेपाली जनताका विपक्षमा रहेको छ । यती मात्र होईन कञ्चनपुरकी १३ वर्षिय वालिका निर्मता पन्तको बलात्कारपछि निर्ममता पूर्वक हत्या भयो । निर्मलाको न्याय र अपराधिको खोजीका लागि नागरिक अधिकार कर्मी, समाजसेबी, विभिन्न मानव अधिकारीवादी, पत्रकार लगायत विश्वको ध्यानकेन्द्रीत रह्यो तर वर्तमान सरकार काल्पनिक दोषी खडागरी अपराधिको पक्ष पक्षपोषण गर्दै घटनालाई ढाकछोप गर्न उद्दत रह्रयो र नागरिक आवाजलाई कुन्ठीत पार्न थाल्यो ।

बलात्कार पछि हत्या भएको आज ६ महिना वितिसक्यो न्यायका लागि निर्मताका वुवा अनशनमा पागल समेत भए तर सरकार कानमा तेल हालेर हावा कुरा गरेर घटनालाई ढाकछोप मै व्यस्त रह्रयो । जुम्ला, हुम्ला, कालिकोटमा सिटामोल नपाई जनता मरि रहेका वेला नेपालमा तेल ल्याउने अस्पातलमा विरामी मर्दा नदीमा पानीजहाज ल्याउने जस्ता महत्वकाँक्षी योजना सुनाउन र कमेडी गर्न व्यस्त देखिए । केही समयअघि विवादास्पद संस्था युनिभर्सल पिस फाउन्डेसनले राजधानीमा गरेको कार्यक्रममा सहभागी भए त्यती मात्र कहाँ हो । ‘नेपालमा धर्म प्रचारमा संलग्न एउटा विवादास्पद अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाको सम्मेलन प्रधानमन्त्रीको नेतृत्वमा सरकारको प्रत्यक्ष सहभागिता, सहयोग र संरक्षणमा सम्पन्न ग¥यो ।

अर्को तर्फ चिकित्सा शिक्षामा सुधारकोे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्राध्यापक डा गोविन्द केसीले पटक–पटक अनशन गरे । एउटै मुद्दामा सोह्र पटक उनि मृत्यूसँग लडि रहे तर प्रधामन्त्री केपी शर्माले आफैले सहमति गरेका सम्झौता समेत पालाना गरेन बरु दुई तिहाईको दम्भमा राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित ग¥यो । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको असहतिका वाबजुत सरकारले सम्झौता विपरत पारित भएको चिकित्सा शिक्षा विधेकमा स्वयम केसीको असहमती रह्यो । नेवि संघको माओपार्टी नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गरि सडक तताइ रहेको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गरि रहेका वेला उसको नर्सरी नेवि संघ पनि त्यसमै होमिएको छ ।

काँग्रेसमा भित्र रहेको आन्तरिक द्धन्द्धका कारण काँग्रेसले निर्वाचनमा पराजय भोग्नु प¥यो । निर्वाचन पश्चात गठन भएको कम्यूनिष्टको दुई तिहाई सरकारले मनोमानी गर्न थाल्थो कार्यकर्ता भरणपोषमा व्याप्त रह¥यो नागरिक हक अधिकारीमाथि तुषरापात ग¥यो । अब नेवि संघ चुप लागेर वस्नेवाला छैनन । त्यसको न्यायका लागि नेवि संघ अग्रमोर्चामा आन्दोलनमा होमिन तयार छ र होमदिै छ । नेपाली राजनीतिक नेतृत्वमा काँग्रेसले आफ्नो नर्सरीलाई ल्याउनु आवश्यक रहेको माओपार्टी भित्र देखिएको गुटको राजनीतिका कारणले मुलुकले आज यो दुर्दश झेल्नु परेको छ । पार्टी पराजयको प्रमुख कारण पार्टी भित्रको आन्तरिक गुट नै जुन अब को स्ववियू निर्वाचनमा देखिन सक्छ । त्यसै माओपार्टीले नेवि संघलाई अझ शसक्त र मजबुत बनाउनका निम्ति गुटरहित संगठनको निर्माण लाग्नु आवश्यक छ र आम जनताको माग पनि यही रहेको छ । आफु बलियो भए मात्र वर्तमान सरकारका गलत क्रियाकलापको खबरदारी गर्न सकिन्छ । नेवि संघ अहिले निर्णायक आन्दोलनमा होमिएको अवस्था हो । देशमा भएको शुसाशनको कमीकमजोरी, महङ्गी, भष्टचार, बलात्कार र वेथिती हटाउने यसको प्रमुख ध्यय हो । जय नेपाल

लेखक नेपाल विधार्थी संघ शकरदेव क्याम्पसका नेता हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस