ब्राजिलको ठूलो फुटबल क्लबको छात्रबासमा आगलागी, १० खेलाडीको मृत्यु

ब्राजिल । ब्राजिलको एक ठूलो फुटबल क्लबको युवा ट्रेनिङ्ग सेन्टरको छात्रबासमा आगलागी हुँदा १० किशोर खेलाडीको ज्यान गएको छ ।

फ्लेमेङ्गो फुटबल क्लबको ट्रेनिङ्ग सेन्टर निन्हो दि उरुबुमा रहेको छात्रबासमा आगलागी भएको हो । रियो दि जेनेरियोमा रहेको क्लबको प्रशिक्षणमा भएको आगलागीमा तीन किशोर खेलाडी घाइते भएका छन् ।

एकजनाको अवस्था गम्भीर छ र उनलाई विशेष उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण थाहा भएको छैन र घटनाबारे अनुसन्धान सुरु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार छात्राबासको रुपमा प्रयोग गरिएको क्षेत्र आधिकारिक रुपमा कार पार्कका लागि स्वीकृति लिएको ठाउँ हो ।

आफ्नो कोठामा रहेको एयर कन्डिसनरबाट आगो सुरु भएको एक किशोर खेलाडीले बताएका छन् । १७ वर्षमुनिको टिमका खेलाडी फिलिपे कार्डोसोले भनेका छन्, ‘एयर कन्डिसनरमा आगो सल्कियो, यो देखेपछि म भागेँ ।

फ्लेमेङ्गो ब्राजिलको ठूलो फुटबल क्लब हो र यसको प्रसिद्धि अन्तर्राष्ट्रिय रुपमा पनि छ । गएको सिजन ब्राजिलको शीर्ष लिगमा फ्लेमेङ्गो दोस्रो भएको थियो ।

क्लबको १२३ वर्षको इतिहासमा यो सबैभन्दा भयानक घटना रहेको क्लबका अध्यक्ष रोडोल्फो ल्याण्डिमले बताएका छन् । फुटबल लेजेण्ड पेलेले घटना ब्राजिलियन फुटबलका लागि निकै दुःखद रहेको उल्लेख गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस