कोका–कोला र आईसीसीबीच साझेदारी

काठमाडौं । विश्वभर सवार्धीक रुचाइएको पिय पदार्थ कोका–कोला मानिसहरुको खुसी, उत्सव, हासो र भावनाहरुको हिस्सा बन्दै आइरहेको छ ।

कोका–कोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन रुपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलसँग साझेदारी गरेको हो । कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पिय पदार्थ पाटर्नर बनेको छ ।

कोका–कोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ । कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुन आईसीसी पुरुष विश्व कप प्रतियोगिता, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टि–ट्वान्टी वल्ड कप, न्यूजिल्यानडमा र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकपमा प्रायोजन गर्नेछ ।

कोका–कोलाले उपभोक्तसँग जोडिनका लागि कस्टुमर सेन्ट्रिक पोटफोलियो बनाउदै आएको छ ।कम्पनीले लामो समयदेखि विश्व खेलकुद गतिविधिमा साझेदारी गर्दै आएको छ । कोकले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ ।
नेपालको खेलकूद विकासका लागि कोका–कोलाले एभरेष्ट प्रिमियर लिग, ट्वान्टी–ट्वान्टी क्रिकेट टुनामेन्ट आयोजना गरेको थियो ।

त्यसबाहेक कोकले विगत १० वर्षदेखि यूवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल एसोसियशन एन्फासँग सहकार्य गरेर धेरै जिल्ला स्तरीय र अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कोका–कोला ब्राण्ड संसारभर नै सम्पूर्ण फ्यानहरुको महत्वपूर्ण क्षणमा जूनुनको प्रतिक बन्दै आएको छ । र, आईसीसीसँगको विश्वव्यापी पाटर्नरसीप कोकाका लागि संसारका प्रत्येक उपभोक्ताको मनमा निरन्तर बसिरहने एउटा अर्काे प्रयास हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस