सुन्दर बन्न अपनाउनुहोस् यी ५ टिप्स

काठमाडाैँ । शारीरिक सुन्दरताले मानिसको व्यक्तित्वमा सकारात्मक प्रभाव पारिहेको हुन्छ । सुन्दर देखिनु भनेको अरूलाई सजिलै आफूतिर ध्यानाकर्षित गर्नु पनि हो । यसकारण, सकेसम्म आफू सुन्दर देखिऊँ भन्ने जो–कोहीको चाहना हुन्छ । यद्यपि, सुन्दर देखिन हेयर स्टाइलदेखि मेकअप र ड्रेसअपसम्म मिलेको हुनुपर्छ भन्ने धेरैलाई हेक्का नहुन सक्छ । अब जान्नुहोस्, सुन्दर देखिन आवश्यक टिप्स ।

१. छालामा निखार 
चम्किलो मुहार सुन्दरताका लागि सबैभन्दा महत्वपूर्ण छ । तसर्थ, अनुहारको स्किन सफा राख्न खानपानमा विशेष ध्यान दिन जरुरी छ । त्यसका लागि ताजा फलफूल र हरियो सागपात सेवन गर्नुपर्छ । त्यस्तै, प्रशस्त मात्रामा पानी पिउने र सकभर चिल्लो–पिरो कम खाने गर्न आवश्यक छ । त्यसैगरी, छाला सुक्खा हुनबाट बचाउन महिनामा एकपटक अनुहार क्लिन्जिङ गर्न अनिवार्य छ । जसले अनुहारमा चमक ल्याउनुका साथै दाग, डन्डिफोरजस्ता समस्याबाट टाढा राख्न मद्दत गर्छ ।
२ सनब्लक/मोस्चराइजरको प्रयोग
मेकअप गर्नुअघि अनुहारमा सधैँ सनब्लक वा मोस्चराइजर लगाउनुपर्छ । त्यस्तै, राति सुत्नुअघि पनि सफा पानीले अनुहार धोएर सनब्लक वा मोस्चराइजरको प्रयोग गर्दा छाला सुक्खा हुन पाउँदैन । २५ वर्षको उमेरपछि स्किन सौन्दर्यबारे सचेत हुन आवश्यक छ । मेकअपको नाममा जथाभावी अनावश्यक चिजबिज प्रयोग गर्न हुँदैन ।
३ मेकअप
नियमित मेकअप गर्नेले विशेष ध्यान पु-याउन आवश्यक छ । विशेषगरी, कामकाजी महिलाहरूले हलुका मेकअप गर्नु राम्रो हुन्छ । बाहिर हिँडिरहने महिलाले क्याजुअल लुगाअनुसारको मेकअप गर्दा प्राकृतिक देखिन्छ । यसका लागि लुगाको रङअनुसारको लिपिस्टिक र आइस्याडो प्रयोग गर्न सकिन्छ । यस्ता चिज लगाउँदा वाटरपु्रफ, नटल्किने र प्राकृतिक देखिने खालको हुनु उचित हुन्छ । जहिले पनि ब्रान्डेड मेकअप सामान प्रयोग गर्नुपर्छ । सस्तोका नाममा बजारमा जताजतै पाइने मेकअप प्रोडक्ट प्रयोग गर्दा छालामा समस्या आउने उच्च जोखिम रहन्छ ।
४ हेयर स्टाइल
कपालको स्टाइलले सुन्दरातमा प्रत्यक्ष प्रभाव पारिहेको हुन्छ । अनुहारको बनावटअनुसार कपालको स्टाइल बनाउन सकेमा स्टाइलिस देखिन्छ । जाडोमा कम हेरचाह हुने हुँदा कपाल टुक्रिने र चाया पर्ने हुन्छ । त्यसैले, बाहिर हिँड्दा कपाललाई खुला छाड्दा राम्रो हुन्छ । कपाल बलियो र चम्किलो बनाउन तेलको पनि प्रयोग गर्न आवश्यक छ ।
५ ड्रेसअप 
लगाएको लुगाले मानिसको व्यक्तित्वमा फरक पारिरहेको हुन्छ । गर्मी याममा आफूलाई आरामदायी लाग्ने लुगा लगाउन उचित हुन्छ । तर, फेसनेबल बन्ने नाममा ओभर टाइट लुगा लगाउन हुँदैन । साथै, पसिना सोस्ने खालका लुगा लगाउन उचित हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय

सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाैँ सर्जकहरू ताराझैँ उदाउँछन् र कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलीन भएझैँ विलीन हुन्छन् त कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त ।

प्रतिकृया दिनुहॊस