सेमिफाइनलमै एल क्लासिको, अर्थात बार्सिलोना भर्सेज रियल मड्रिड

काठमाडाैँ । स्पेनिस कोपा डे रे फुलबलको सेमिफाइनल खेल फाइनल भन्दा भव्य हुने भएको छ । फाइनल भन्दा भव्य यो अर्थमा पनि सेमिफाइनलमै दुई महारथी क्लब बार्सिलोना र रियल मड्रिडबिच भेट हुने भएको छ ।

शुक्रबार भएको कोपा डे रे सेमिफाइनलको ड्रमा साबिक विजेता बार्सिलोनाले रियल मड्रिडलाई प्रतिस्पर्धीका रुपमा पाएको हो । दुई लेगको सेमिफाइनल एल क्लासिको हुने भएको छ ।

सेमिफाइनलको पहिलो लेग बार्सिलोनाको मैदान नाउ क्याम्पमा फेब्रुअरी ६ मा हुनेछ । यस्तै दोस्रो लेग रियल मड्रिडको मैदानमा फेब्रुअरी २७ मा हुनेछ ।

बार्सिलोनाले लगातार चार वर्ष उपाधि जितेको छ, उ यो वर्ष पनि उपाधि जितेर लगातार पाँचपटक उपाधि जित्ने टिम बन्न चाहन्छ ।

रियल मड्रिडले भने च्याम्पियन्स लिग उपाधिको उत्सव लगातार मनाउँदै आए पनि कोपा डेल रे भने पछिल्ला वर्ष उसका लागि परको विषय बनेको छ ।

यो वर्ष उ बार्सिलोनालाई पाखा लगाउँदै फाइनल पुग्ने लक्ष्यमा छ । बार्सिलोनाले जित्ने सुरु गर्नु अघिको वर्ष रियल मड्रिड विजयी थियो ।

यस्तै अर्को सेमिफाइनलमा रियल बेटिसले भ्यालेन्सियासँग खेल्ने छ । फाइनल खेल आउँदै मे २५ मा हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस