काठमाडौं । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।
म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र बाँकी ४ जनाको उपचारका क्रममा ज्यान गएको छ। मृतकको सनाखत अझै पनि हुन सकेको छैन। दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
गम्भीर घाइते दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने बाकी घाइतेकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।
प्रतिकृया दिनुहॊस