नेपाल बङ्गलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेड कमलादी काठमाण्डौ र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा भएको छ ।

उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महा प्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरे। सम्झौता अनुसार प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्न सक्ने भएको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ८१ वटा शाखाहरु रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८ हजार भन्दा बढि सब–ऐजेन्टहरु छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक …

प्रतिकृया दिनुहॊस