डिशहोमको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को  औं बार्षिक साधारणसभा हेमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो साधारणसभाले आगामी आर्थिक बर्षमा IPO जारि गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो कुल जारी पूँजीको न्यूनतम प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ  ।

साधारणसभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ।  संचालक समितिको अध्यक्षमा हेमराज ढकाल भएका छन् । नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनी ह’ने भएको छ । स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ।

डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको र जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने भएकोले ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार …

प्रतिकृया दिनुहॊस