१ लाख रुपैयाँ घुससहित आमा–छोरी पक्राउ

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत एकजना सहायक रजिष्ट्रार १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कम्पनीको रुपमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर छुट गराइदिने भन्दै १ लाख रुपैयाँ लिएको अवस्थामा सहायक रजिष्ट्रार गीता कुमार पन्थी पक्राउ परेकी हुन् ।

घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पन्थीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । घुस लिएको रकम पन्थीले आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएकी थिइन् । दुवैजनालाई काठमाडौं–१४ स्थित एनएमबी बैंकको पार्किङबाट मंगलावर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस