चक्कुप्रहारमा परेका पोल्यान्डका नगरप्रमुखको मृत्यु

काठमाडौं । पोल्यान्डको ग्डान्स्क शहरका नगरप्रमुखमाथि छुरा प्रहार भएको एक दिनपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । पावेल आडमोविजमाथि आइतवार एक परोपकारी कार्यक्रममा छुरा प्रहार गरिएको थियो ।

गम्भीर चोटपटक लागेपछि अस्पताल भर्ना गरिएका आडमोविजमाथि पाँच घण्टा शल्यक्रिया भएको थियो । आपराधिक रेकर्ड भएका एक व्यक्तिलाई यो आक्रमणको आरोपमा पक्राउ गरिएको छ । उनले मिडिया पास प्रयोग गरेर मञ्चमा पुगेको प्रहरीले आशंका गरेको छ ।

पोल्यान्डका स्वास्थ्यमन्त्री लुकास स्जुमोस्कीले सोमवार आडमोविजको मृत्युको पुष्टि गरे । हजारौं मानिसले पोल्यान्डका विभिन्न शहरमा शोकसभा आयोजना गरे । राष्ट्रपति आन्द्रेज डुडाले यो आक्रमण अत्यन्तै खराब र कल्पनातीत भएको बताए ।

आडमोविजको अन्तिम संस्कार गरिने दिनलाई राष्ट्रिय शोकका रूपमा मनाइने उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस