राष्ट्रिय वाणिज्य बैंक मर्चेन्ट बैंकिङ्ग सेवाको विकासमा लाग्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरवीवी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष किरण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ ।

यस मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले सरकारी निकायबाट सञ्चालित संस्थाले मर्चेन्ट बैंकिङ्ग व्यवसायमा सर्वसाधारणको सहज पहुँचका लागि राष्ट्रिय वाणिज्य बैंकका देश भरी छरिएर रहेका शाखाहरूबाट सहज रूपमा हितग्राहीखाता खोल्ने सुविधा प्रदान गरिरहेको छ ।

साथै निकट भविष्यमा नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ताको हुनआउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन कार्य गर्ने भएको छ ।

आगामी दिनहरुमा यस कम्पनीले मर्चेन्ट बैंकिङ्ग सेवाको विकास र विस्तारमा अग्रणी भूमिका खेलेर विशेष गरि दुरदराजमा रहेका आमलगानीकर्ताहरुलाई सेवादिने लक्ष्य रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस