भ्यालेन्टाइन डेको दिन लगनगाँठो कस्दै वर्षा र संजोग

काठमाडाैँ । लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका अभिनेतृ वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गर्ने भएका छन्। उनीहरुले सोमबार फेसबुकमार्फत विवाहको मिति घोषणा गरेका छन्। वर्ष र संगोग आउँदो फागुन दुई गते भ्यालेनटाइन डे (प्रणय दिवस)का लगनगाँठोमा कसिने भएका हुन्।

उनीहरुले आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको जानकारी र मिति घोषणा गर्दे भनेका छन्, ‘योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं।’

‘नाइँ नभन्नू ल ४’बाट नेपाली सिने क्षेत्रमा भित्रिएकी वर्षा पछिल्लो समय चलेकी नायिका हुन। उनको नयाँ चलचित्र ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल ‘चौका दाउ’ ‘दाल भात तरकारी’, प्रदर्शनको तयारीमा छन्। संयोग पनि नेपाली चलचित्र क्षेत्रमै काम गरिरहेका छन्। उनले ‘छक्का पञ्जा ३’, ‘बाजीगर’, ‘कथा काठमाडौं’ लगायतका चलचित्रमा अभिनय गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस