मेस्सीको ४ सयौं गोल पुरा हुँदा बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलको बार्सिलोनाले इबरलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गरे । यस्तै कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।

खेलको १९ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।  खेलको ५३ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ० को बनाए ।

Suarez puts his finger to his lips as he celebrates breaking the deadlock with his 13th goal of the season 

योसंगै कप्तान मेस्सीले ४ सयौं ला लिगा गोल पुरा गर्न सफल भएका छन् । मेस्सीले ४३५ खेलमा ४ सय गोल पुरा गरेका हुन् । मेस्सी ला लिगामा ४ सय गोल गर्ने एक्लो खेलाडी बनेका छन् । उनी ला लिगाको सर्वाधिक गोलकर्ता हुन् ।

त्यसपछि खेलको ५९ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ – ० को जित दिलाए ।

जितसंगै बार्सिलोनाले लिगमा पाँच अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले १९ खेलबाट ४३  जोडेको छ । पराजित इबर २२ अंक जोडेर १६ औं स्थानमा छ ।

Messi (left) and Suarez celebrate with one-another after the referee had blown his final whistle to bring an end to the game

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ । आइतबार राति एट्लेटिकोले लेभान्टेलाई १ – ० गोल अन्तरले हराएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस