महिला टी -ट्वान्टी क्रिकेटमा नेपाली चेलीको लगातार दोस्रो जित

काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

बैंककमा मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन्जो । यस्तै सिता राना मगरले १६ रन जोडिन ।

ममता कुमारी चौधरी ९ रनमा अविजित रहिन् । मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक एक विकेट लिईन् ।

Image may contain: 1 person, outdoor

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो । मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन्  । यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक एक विकेट लिए ।

जितसंगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ ।

पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । अब नेपालले सोमबार युएईसंग खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस