इंग्लिस प्रिमियर लिग: चेल्सीको जित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले न्यूक्यासल युनाईटेडमाथि दुई एकको जित निकालेको छ । जितसँगै चेल्सी शीर्ष चारमा कायमै रहेको छ ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलको नौ मिनेटमा नै पेद्रोको गोलमार्फत चेल्सीले अग्रता बनाएको थियो । उनले डेविड लुइजको पासको सुदुपयोग गरेका थिए ।

तर ४० औं मिनेटमा क्लार्कको गोलमा न्युक्यासलले खेल बराबरी गर्न सफल भयो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा चेल्सीले फेरि अग्रता बनायो । यसपटक उसका लागि इडेन हाजार्डको पासमा विलियमले गोल गर्न सफल भए ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र चेल्सीले तीन अंक बटुल्यो । जितसँगै चेल्सीले २२ खेलबाट ४७ अंक बनाएको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ५७ अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस