अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

काठमाडौं । अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेसंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस