यी हुन् पाठेघरमा हुने तीन समस्या

काठमाडाैँ । जैविक कारणले पनि महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई नै रहन्छ । यी हुन् महिलामा देखिने पाठेघरसम्बन्धी केही स्वास्थ्य समस्या :

पाठेघर झर्ने
महिलामा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये पाठेघर झर्ने एक हो । विशेषगरी, ग्रामीण क्षेत्रका महिलामा यस्तो समस्या बढी मात्रामा देखिने गर्छ । सन्तान जन्माएका, उमेर नपुगी गर्भवती भएका, सुत्केरी भएको ६ हप्ताभन्दा अगाडि नै जटिल शारीरिक काम गर्दा, गर्भवतीको अवस्थामा पौष्टिक आहार नलिँदा यस्तो समस्याले सताउने गर्छ ।
पाठेघरमा ट्युमर
महिलामा देखिने अर्को जटिल समस्या भनेको पाठेघरमा ट्युमर पनि हो । शरीरमा हर्मोनको मात्रा बढी भएमा यस्तो ट्युमरको समस्या हुने गर्छ । यो एउटा आनुवंशिक समस्या पनि हो । परिवार नियोजनको साधनका रूपमा डिपो सुई लिने महिलामा पनि यस्तो समस्या देखिन सक्छ ।
पाठेघरको क्यान्सर 
नेपालका महिलामा पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रूपमा देखा परेको छ । यतिसम्म कि महिलामा देखिएको क्यान्सरमा सबैभन्दा बढी यसैको समस्या भएको पाइन्छ । उमेर नपुग्दै विवाह भएका, यौनसम्पर्क राखेका, धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्ने, धेरै सन्तान जन्माउने महिलामा यस्तो क्यान्सर हुन सक्छ । त्यस्तै, खानपिनमा ध्यान नदिने, अत्यधिक परिवार नियोजनका साधन प्रयोग गर्ने, पिल्स खाने महिलालाई पनि पाठेघरको मुखको क्यान्सर लाग्ने सम्भावना हुन्छ । पाठेघरको क्यान्सर भए÷नभएको कुरा प्याप स्मेरबाट पत्ता लगाउन सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस