आगलागीबाट बन्द भएको त्रिशूली विद्युतगृह साँझसम्म सञ्चालन हुने

काठमाडाैँ । बुधबार आगलागी भएकाे नुवाकाेटस्थित २४ मेगावाटकाे त्रिशूली जलविद्युत केन्द्र बिहीबार साँझबाट सुचारु गरिने भएकाे छ । अागलागीबाट क्षति पुगेका उपकरण मर्मत गरेर विद्युत उत्पादन सुचारु गर्न लागिएकाे हाे । बुधबार साँझ विद्युतगृहमा जडान भएको ब्रेकरबाट आगो निस्किएर सबैतिर फैलिँदा आगलागी   भएकाे थियाे । ब्रेकरसहित विद्युतगृहका अन्य उपकरणमा पनि आगोले क्षति पुर्याएको छ । आगलागी सुरु भएको करिब २ घन्टापछि नियन्त्रणमा  लिइएकाे थियाे ।

१४ मेगावाटको देवीघाटको पनि उत्पादन प्रभावित भएको छ । त्रिशूलीको विद्युतगृहमा आगो लाग्दा टेलरेस सुरुङबाट निस्केको पानी उपयोग गरी सञ्चालन हुने देवीघाटको उत्पादनसमेत बन्द हुन पुगेकाे हाे ।

२ जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा ३४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । आगलागीबाट पूर्णरूपमा क्षति पुगेको ब्रेकर परिवर्तन गरी अन्य उपकरणको मर्मत गरेर आज साँझसम्ममा उत्पादन सुचारु गर्ने तयारी भइरहेको जलविद्युत केन्द्रले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक …

प्रतिकृया दिनुहॊस